शनिबार, बैशाख १९, २०८३

कञ्चनपुरमा ३३ हजार मूल्यको सामान बरामद

धनगढी । कञ्चनपुरको महेन्द्रनगरबाट भन्सार छलीको सामान बरामद भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्कबाट भन्सार छलेर ल्याइएको सामान बरामद भएको हो।

शनिवार राति वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको ३३ हजार मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ।