शनिबार, बैशाख १९, २०८३

कैलाली प्रहरीलाई सुदूरपश्चिमका डीआईजीको यस्तो निर्देशन

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले आज कैलालीस्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा डीआईजी रानाले भौतिक पूर्वाधार, अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा, हिरासत कक्षलगायत सबै शाखाको कार्यसम्पादन र अभिलेख व्यवस्थापनबारे प्रत्यक्ष जानकारी लिएका छन्।

निरीक्षणका क्रममा उनले केही शाखामा देखिएका कार्यगत कमजोरीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि तत्काल कदम चाल्न निर्देशन दिएका छन्।

रानाले प्रहरी सेवाको पारदर्शिता, अनुशासन र जनविश्वास वृद्धि गर्न सबै तहका प्रहरी कर्मचारी जिम्मेवार र परिणाममुखी बन्नुपर्नेमा जोड दिएका छन्।