धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा अध्यक्ष भुवन रिजालले ‘जग्गा नाँपजाँच गराइदिने’ नाममा पैसा लिएको आरोपमा स्थानीयहरुले तालाबन्दी गरेका हुन ।
स्थानीय तथा समाजसेवी कुम्भराज गिरीले वडा अध्यक्ष रिजालले विभिन्न प्रलोभनमा पारि तथा आश्वासन देखाई रकम असुली गरेको पाइएकोले वडा कार्यालयमा तालाबन्दी गरिएको बताए । उनले अन्यायमा परेका कृष्ण विकले न्यायको माग गरि विभिन्न पार्टीमा निवेदन बुझाएपछि विभिन्न पार्टीसंग सर्वदलिय बैठक गरेको बताउँदै –‘तर, अहिलेसम्म वडा अध्यक्ष रिजालले कुनै चासो देखाएनन ।’ उनले रकम लिएको र दिएकोबारे कुनै प्रमाण नहुने बताए ।

वडा अध्यक्ष रिजालले १८ का सम्पुर्ण वडाबासीमाथि अन्याय गरेकोले पैसा फिर्ता नभएसम्मका लागि तालाबन्दी जारी राख्ने जनाएका छ । वडा अध्यक्षमाथि विभिन्न आरोप लागेपछि उनले सामाजिक सञ्जालमार्फत पीडितलाई स–प्रमाण अदालत जान धम्की दिएका छन । उनले आफुले कसैबाट पनि पैसा नलिएको दाबी गर्दै प्रमाणसहित अदालत जान पीडित पक्षसंग अनुरोध गरेका छन ।