शुक्रबार, बैशाख १८, २०८३

धनगढीका चिकित्सक दम्पती मिश्रद्वारा दृष्टीलाई न्यानो लुगा सहयोग

धनगढी, २ कर्तिक/धनगढीका चिकित्सक दम्पती प्रदिप मिश्र र जानकी पराजुली मिश्रले दृष्टी फाउण्डेसनलाई न्यानो लुगा सहयोग गरिएको छ । मिश्र दम्पतीले चिसो मौसम सुरु भएसंगै्र फाउण्डेसनलाई आवश्यक न्यानो कपडा हस्तान्तरण गरेका हुन् । फाउण्डेसनमा आश्रित महिला तथा बालबालिकाको लागि  ७० थान न्यानो कपडा सहयोग गरेका हुन् ।
दृष्टी फाउण्डेसनले बिगत लामो समय देखि बेसाहारा तथा सडकमा रहेका महिला तथा बालबालिकाको उद्धार तथा स्याहार गर्दे आएको छ । फाउण्डेसनकी सञ्चालक कल्पना भट्टले सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् ।