काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डा. निकोलस भुसालको नेतृत्वमै रहेको समूहले विभिन्न माग राखी आज प्रदर्शन गर्ने घोषणा गरेको थियो । निकोलस भने प्रदर्शनमा आइपुगेका छैनन् ।
माइतीघरमा भेला भएर सरकारविरोधी नारा लगाएपछि उनीहरु पक्राउ परेका हुन् । उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ ।
उनीहरुले जेनजी आन्दोलनको घटनामा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने प्रदर्शनकारीहरुको माग छ ।