बिहिबार, बैशाख १७, २०८३

सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि धनगढीमा सुरु हुने

धनगढी – आगामी मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव २०८२ सञ्चालन हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी महोत्सवको १९औं संस्करणबारे जानकारी दिएको हो।

संघका अध्यक्ष पुष्कर राज ओझाका अनुसार सुदूरपश्चिमको कला, संस्कृति, परम्परा, खानपान र कृषिको प्रवर्द्धन गर्नुका साथै व्यापारिक गतिविधि विस्तार गर्ने महोत्सवको उद्देश्य रहेको छ। उनले महोत्सवले स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।