बिहिबार, बैशाख १७, २०८३

आस्था फुटवयर इन्डस्ट्रीजद्वारा दृष्टि फाउन्डेशन कैलालीलाई ७२ थान जुत्ता हस्तान्तरण

 

धनगढी — सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिंदै आस्था फुटवयर इन्डस्ट्रीजले दृष्टि फाउन्डेशन कैलालीलाई चिसो मौसमका लागि ७२ थान जुत्ता (सुज) वितरण गरेको छ। पछिल्लो समय सुदूरपश्चिम मात्र नभई देशभर व्यापार विस्तार गरिरहेको आस्था फुटवयरले आफ्नो व्यावसायिक यात्रासँगै समाजिक क्षेत्रमा पनि सक्रियता बढाउँदै आएको छ।

आस्था फुटवयर इन्डस्ट्रीजका सेल्स एण्ड मार्केटिङ हेड सुदर्शन पाण्डेयका अनुसार कम्पनीले व्यापारसँगै समाजप्रति दायित्व बहन गर्नुपर्ने मान्यता अनुरूप सहयोग गतिविधि अघि बढाइरहेको छ।
“हामी ग्राहकको मन जित्ने मात्र होइन, समाजका निम्न वर्गका नागरिकलाई लक्ष्य गर्दै आगामी दिनमा पनि विभिन्न सहयोगी कार्यक्रमहरू गर्ने योजना बनाएका छौँ,” पाण्डेयले बताए।

दृष्टि फाउन्डेशनले पनि आस्था फुटवयरको यस कदमप्रति धन्यवाद व्यक्त गर्दै सहयोगले चिसो मौसममा कठिनाइ भोगिरहेका परिवारलाई राहत पुगेको जनाएको छ।