बिहिबार, बैशाख १७, २०८३

११ दिनकी सुत्केरी श्रीमती अस्पतालमै छोडेर श्रीमान अर्की युवतीलाई भगाएर फरार

धनगढी, २९ कार्तिक / ११ दिनकी सुत्केरी श्रीमतीलाई अस्पतालमा छोडेर गोदावरी १२ का एक पुरुष अर्की युवतीलाई भगाएर फरार भएका छन् । गोदावरी नगरपालिका १२ ओलानी घर भएका सुशील बुढा सुत्केरी श्रीमती शितल बुढालाई सेती प्रादेशिक अस्पताल धनगढीमा छोडेर अर्की युवतीलाई भगाएर फरार भएका हुन्।

सुत्केरी पीडामा रहेकी शितल बुढा श्रीमानले कल्पना साउद नाम गरेकी युवतीलाई भगाएर लगेपछि झनै पीडामा परेकी छिन्। पीडित शीतल बुढाले आफूहरूले प्रेम विवाह गरेको बताइन्।

श्रीमानले सधैं हाँसो मजाक गरिराख्ने र त्यति धेरै सम्बन्ध पनि नबिग्रिएको अवस्थामा एकाएक आफूलाई यस्तो पीडामा छोडेर गएपछि के गर्ने, के नगर्ने भनेर दोधारमा परेको उनी बताउँछिन्।

यस्तो अवस्थामा छोडेर जाने श्रीमान विरुद्ध आफू प्रहरी प्रशासनमा जाने र आफ्नो भागको सम्पत्ति मागेर अलग्गै बस्ने निधो गरेको समेत उनी बताउँछिन्।

आफुहरुको पुर्ख्यौली घर बाजुरा रहेको उनी बताउँछिन्।