काठमाडौँ । जेनजि आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र आपराधिक उपद्रवसँग सम्बन्धित १ सय ४ वटा जाहेरी प्रहरीकोमा परेको छ ।
सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १ सय ४ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी परिसर काठमाडौँले यसबारे जानकारी गराएको हो ।
जस अनुसार, व्यक्तिगत रूपमा २२ वटा जाहेरी परेका छन् । त्यस्तै, सरकारी कार्यालय प्रहरी प्रतिवेदन ६६ वटा र संस्थागत १६ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।