कञ्चनपुर : कञ्चनपुरमा महाकाली नदीमा डुबेर युवक बेपत्ता भएका छन् । भिमदत्त नगरपालिका–१२ स्थित भाईरलपुल नजिक महाकाली नदीमा पौडी खेल्ने क्रममा ओदाली बस्ने २१ वर्षीय रोशन दमाई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
दमाई शुक्रबार दिउँसो करिब साढे २ बजेतिर महाकाली नदीमा पौडी खेल्दा अचानक डुबेर बेपत्ता भएका हुन् । घटनापछि प्रहरी तथा स्थानीयको सहयोगमा तीव्र रूपमा खोजतलास जारी गरिएको भए पनि हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन।
प्रहरीले थप खोजी कार्य भइरहेको जानकारी दिएको छ।