सोमवार, बैशाख १४, २०८३

अत्तरियामा इभी हाइस र मोटरसाइकल ठो’क्किँदा एक जना घा’इते

कैलालीको अत्तरियामा इभी गाडी (हाइस) ले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकलमा सवार १९ वर्षीया कविता बराल घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुप प्र ०२–००१ ज ०४९ नम्बरको हाइसले विपरीत दिशाबाट आउँदै गरेको से ४ प १८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

घाइते बरालको अत्तरिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।