कैलालीको गोदावरी नगरपालिका–५ मा शनिवार स्कुल बसको ठक्करबाट १३ वर्षीय बालक अनुप महराको मृत्यु भएको छ। गोदावरीको भित्रि सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको श्री बिद्याभुषण पब्लिक स्कुलको बसले बालकलाई ठक्कर दिएको हो।
गम्भिर घाइते भएका अनुपको उपचारका क्रममा मायामेट्रो अस्पताल, धनगढीमा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले बस चालक, ४४ वर्षीय पतिराम डगौरा (कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ निवासी) र से १ क ११८२ नम्बरको बस नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।