सोमवार, बैशाख १४, २०८३

गोदावरी–११ का १७० बालबालिकाका लागि खाजा भाँडाकुडी र सरसफाइ सामग्री हस्तान्तरण

गोदावरी नगरपालिका–११ स्थित सरस्वती माध्यमिक विद्यालयमा १७० जना बालबालिकाको दैनिक खाजाका लागि आवश्यक भाँडाकुडी तथा विद्यालयमा प्रयोग हुने डस्टबिनसहितका सरसफाइ सामग्री MJF Line District  Deputy Chief Officer तिर्थ राज पन्त सँगै अन्य  द्वारा Lion Health and Medico टिमद्वारा हस्तान्तरण गरिएको छ। विद्यालयमै आयोजित कार्यक्रममा Lion Health and Medico द्वारा प्रदान गरिएको सहयोगले विद्यालय र विद्यार्थी दुवैलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने जनाएको छ।

कार्यक्रमका संयोजकहरूले यो सहयोग सानो भए पनि बालबालिकाको स्वास्थ्य, स्वच्छता र व्यवस्थित खाजा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको बताइए। विशेषगरी सरसफाइ सामग्रीको उपलब्धताले विद्यालय वातावरण थप स्वच्छ र सुरक्षित हुने अपेक्षा गरिएको छ।

कार्यक्रम Lion Health and Medico का अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लाइनका वरिष्ठ लिडर जनकराज जोशीको विशेष उपस्थितिमा सम्पन्न भयो। सहभागीहरूले यस्ता सामाजिक पहलहरूले विद्यालय र समुदायबीचको सम्बन्ध मजबुत बनाउने तथा बालबालिकामा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

सहयोग प्राप्त विद्यालयले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीमैत्री वातावरण निर्माणमा यस्ता योगदानले महत्वपूर्ण उर्जा थप्ने जनाएको छ। समाजसेवा र सामुदायिक सहकार्यलाई प्राथमिकता दिँदै आएको Lion Health and Medico लाई स्थानीयवासीले पनि शुभकामना तथा प्रशंसा व्यक्त गरेका छन्।