सवारी चालक अनुमतिपत्र फाराम खुलेको सूचन
धनगढी – सवारी चालक अनुमतिपत्र (नयाँ तथा थप) लिन इच्छुक सर्वसाधारणका लागि विभिन्न वर्गका लाइसेन्सको अनलाइन आवेदन फाराम खुला गरिएको छ। सम्बन्धित सबैलाई जानकारी गराउन यो सूचना सार्वजनिक गरिएको हो।
अनुसार, निम्न वर्गका सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन भर्न सकिनेछः
A/K – मोटरसाइकल, स्कुटर, मोपेड
B – कार, जीप
C – टेम्पो, अटोरिक्सा
C1 – इ-रिक्सा
E – ट्रयाक्टर
F – मिनी–ट्रक, मिनी–बस
G – ट्रक, बस
H2, I1, I2, I3, J1, J2, J3 – हेभी इक्विपमेन्ट (जेसिबी, डोजर, इक्साभेटर, ब्याकलोडर, क्रेन, दमकल आदि)
नयाँ तथा थप दुवै वर्गका स.चा.अ.प. का लागि अनलाइन मार्फत फाराम भर्न सकिनेछ।
महत्वपूर्ण जानकारी:
अनलाइन फाराम भर्दा नागरिकता प्रमाणपत्रमा उल्लेखित विवरण जस्ताको तस्तै भर्नु पर्नेछ। विवरण फरक भएमा फाराम दर्ता नहुने स्पष्ट गरिएको छ।
अनलाइन आवेदन फाराम भर्न तलको लिंकमा क्लिक गरी प्रक्रिया अघि बढाउन सकिने जनाइएको छ।