बिहिबार, बैशाख १७, २०८३

सुदूरपश्चिम महोत्सवमा आज को आउँदैछन् कलाकार ?

धनगढी । सुदूरपश्चिम महोत्सवको आज दोस्रो दिन । कैलाली उद्योग वाणिज्य संघका अनुसार आज पनि महोत्सवमा थुप्रै कलाकारहरुको प्रस्तुति छ ।

संघका सचिव प्रकाश चन्दका अनुसार आज गायक प्रताप दास र सुरेश चोखाल, गयिका सहिमा श्रेष्ठ, सम्झना लामिछाने र कृष्णा सिराडीको प्रस्तुति रहेको जानकारी दिए ।

चन्दका अनुसार आजको दिन गुणाकर पनेरु, शोभा त्रिपाठी र अनिता धामीलाई उद्घोषणको जिम्मेवारी छ । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ ।