बुधबार, जेष्ठ २७, २०८३

धनगढी–५ मा बृहत रक्तदान कार्यक्रम, स्वयमसेवीदेखि विद्यार्थी सम्मलाई आह्वान

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। मानव जीवन रक्षाका लागि रक्तदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा विभिन्न संघ–संस्था, कलेजका विद्यार्थी तथा स्वयमसेवी रक्तदातालाई लक्षित गरिएको छ।

रक्तदानले आपतकालीन अवस्थामा धेरैको जीवन जोगाउन सक्ने उल्लेख गर्दै वडा अध्यक्ष शाहीले नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरे। उनले यस्ता कार्यक्रमले समाजमा मानविय भावना र सामाजिक उत्तरदायित्व बढाउने बताउदै अभियान सफल पार्न सबैलाई आग्रह गरे ।

रक्तदान अभियान सफल बनाउन अहिले नया रक्तदाता बढाउनु पर्ने बताउदै वडा अध्यक्ष शाहीले १११ पटक रक्तदान गरेका दीपक नेपाल लाई संगै लिएर वडा नम्बर ५ मा रहेका बिभिन्न कलेजहरुको भ्रमण गरिरहेको बताए ।

रक्तदान किन आवश्यक छ ? कसकसले गर्न सक्छ ? रक्तदानका फाइदाहरुको बारेमा दीपक दाईले स्वय उपस्थित भै कलेजका बिधार्थीहरुलाई जानकारी गराइदा उनिहरुमा आत्मबिश्वास समेत बढेको वडा अध्यक्ष शाहीले बताए ।