कैलालीः कैलालीमा चालु आर्थिक वर्षमा १२२ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत साउन महिनादेखि हालसम्म आत्महत्या गर्ने १३६ जनामध्ये झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या १२२ रहेका छन्। बाँकी १४ जना विष सेवन गरी आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार सिंह अनुसार चालु आर्थिक वर्षमा सबभन्दा बढी आत्महत्या कैलालीमा गरेको देखिन्छ। आवको हालसम्म तथ्याङ्क हेर्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा ४३ जनाले आत्महत्या गरेको देखिन्छ।