बिहिबार, बैशाख १०, २०८३

निर्वाचन कार्यालय अगाडि कांग्रेस दुवै पक्षको प्रदर्शन

काठमान्डौं, २ माघ  /  निर्वाचन आयोगको कार्यालयमा कांग्रेसको दुवै पक्षले प्रदर्शन गरेका छन्। निर्वाचन आयोगको परिसरमा विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षका पदाधिकारी तथा नेताहरू धर्नामा बसेका छन्।

मूल गेट बाहिर पनि गगन थापा र शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। निर्वाचन आयोगको मूल ढोकातर्फ गगन पक्ष र सडकमा देउवा पक्षका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन्।

बीचमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। कार्यालय प्रवेश गर्ने मूल गेट भने बन्द गरिएको छ। निर्वाचन आयोगमा कांग्रेसको दुवै पक्षले आधिकारिता दाबी गरेको छ।

आयोगले निर्णय सुनाइसकेको छैन। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए।

प्रदर्शन चर्किन थालेपछि प्रहरीले पानीको फोहोरा प्रहार गर्नका लागि ुवाटरक्याननु तयारी अवस्थामा राखेको छ।