आइतवार, जेष्ठ २४, २०८३

बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता

बैतडीः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन।

पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन। भण्डारी यसअघि पनि तीन पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए।