सोमवार, बैशाख ७, २०८३

सशस्त्र प्रहरीको सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा सुरक्षा योजना तयार

धनगढी, २० माघ/ फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनीले १६ वटै निर्वाचन क्षेत्रमा सुरक्षा योजना तयार गरेको छ । सबै निर्वाचन क्षेत्रमा २१ गतेदेखी सशस्त्र प्रहरी नायव उपरिक्षक (डिएसपी)को कमन्डमा आधार शिबिर तयारी गरेको छ ।
सबै क्षेत्रमा फागुन ६ गतेबाट छ्ट्टै मोवाईल टोली, सबै क्याम्पमा डिएसपीको कमण्ड बाहिनी स्तरिय रिजर्व टोली, निर्वाचन बिरोधि गतिबिधी रोक्न  अनुगमन टोली समेत खटाउने सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनीका निमित्त बाहिनी पति शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिगबिजय सुवेदीले जानकारी दिए । ५हजार १ सय निर्वाचन प्रहरी सहित  निर्वाचन सुरक्षामा शसस्त्र प्रहरी परिचान हुने समेत सुबेदीले बताए ।
सुदूरपश्चिममा सवारी साधनको अपुग भएपछि प्रधानकार्यालयको निर्देशनमा भाडामा लिएर भएपनि सबै क्षेत्रमा मोवाइल गस्ती बढाई समेत योजना सशस्त्र प्रहरीले बनाएको छ । पहाडी क्षेत्रमा संचार तथा सूचनालाई प्रभाकारी बनाउन रिपिटर टाउर निर्माण गरी सशस्त्र  प्रहरीलाई निर्वाचन सुरक्षा तालिम दिएको छ । सामाजिक संजालको गलत सूचना रोक्न  सशस्त्र सुस्म निगरानी बढाएको उनको भनाई छ ।
प्रत्येक क्षेत्रमा नेपाली सेनाको सहयोगमा मतदान अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा अन्य निर्वाचन सम्बन्धी कार्यालयहरूमा सुरक्षा टोली खटाइएको हो । प्रत्येक मतदान क्षेत्रमा सशस्त्र प्रहरीको डीएसपीको कमान्डमा नेपाली सेनाको मुख्य फोर्स व्यवस्था गरिएको छ । निर्वाचनलाई लक्षित गर्दै स्ट्राइक टोली र मोबाइल टोलीहरू सञ्चालनमा ल्याइएको छ । विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा मोबाइल टोलीको संख्या बढाइएको छ ।सशस्त्र प्रहरीका सबै युनिटमा रिजर्भ क्यूआर टोली र क्यूआर टोली खटाइएका छन् । यी टोलीहरूलाई डीएसपी र इन्स्पेक्टरको प्रत्यक्ष कमान्ड दिइएको छ ।
बाहिनीको राज्यस्तरीय अपरेसन बेस हेडक्वार्टरमा मोबाइल तथा रिजर्भ टोलीहरू तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनीका निमित्त बाहिनी पति शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक सुवेदीले बताए । अन्य पहाडी तथा दुर्गम जिल्लाहरूमा निरन्तर अनुगमन भइरहेको छ । सशस्त्र प्रहरीले निर्वाचनलाई सफल बनाउन सबै सुरक्षा निकायसँगको समन्वयमा उच्च सतर्कता अपनाएको छ ।