शनिबार, बैशाख ५, २०८३

कैलालीमा मतगणना २२ गते, स्थल तारजाली लगाएर तयार

धनगढी २१ फागुन/ कैलालीमा मतगणना फागुन २२ गतेदेखी हुने भएको छ । कैलालीका ५ निर्वाचन क्षेत्र छन् । २१ गते राती १२ बजे भित्र मतपेटिका सबै मतगणना स्थलमा पुगाउने तालिका बनाएको छ । कैलालीका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी चेतराज पन्तले दिएको जानकारी दिएका छन् ।
कैलालीका केही निर्वाचन क्षेत्र पहाडी क्षेत्र र भौगोलिक बिकटताका भएकाले पनि मतदानको दिन राती सम्म मतगणना स्थाल सम्म मतपेटिका पुगाउने कार्यतालिका रहेको छ । फागुन २२ गते बिहान सर्बदलिय बैठक बसेर सोही दिनबाट मतगणना सुरु हुने छ । एक पटक चार समुहमा बिभाजन गरी मतणना गरिने भएको छ । मतगणनाका लागि गणना स्थलमा सिसि क्यामरा, ग्याबिन तारजाली घेराबार गरी उम्मेदबार र प्रतिनिधी बस्ने स्थल पनि निर्माण गरिसकिएको छ ।
मतगणना कैलाली निर्वाचन क्षेत्र नम्बर ५को धनगढी स्थीत स्वास्थ्य तालिम केन्द्र, निर्वाचन क्षेत्र ४को गेटा छेउमा रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नम्बर ३को घोडाघोडी क्याम्पस, निर्वाचन क्षेत्र नम्बर २ को नमुना मावि मोतिपुर लम्की र निर्वाचन क्षेत्र नम्बर १को टीकापुरको सिटी हलमा हुने निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिएका छन् । फागुन २१ गते मतदान हुदैछ ।