बिहिबार, जेष्ठ २१, २०८३

चुरे गाउँपालिकामा ग्रासरुट फुटबल कार्यक्रमका लागि खेल सामग्री हस्तान्तरण

चुरे गाउँपालिकामा ग्रासरुट फुटबल कार्यक्रमका लागि खेल सामग्री हस्तान्तरण
कैलाली — कैलाली जिल्लाको दुर्गम क्षेत्र रहेको चुरे गाउँपालिकामा सञ्चालन हुने ग्रासरुट फुटबल कार्यक्रमका लागि फुटबल खेल सामग्री हस्तान्तरण गरिएको छ।
सोमबार कैलाली जिल्ला फुटबल संघका सहायक महासचिव रमेश बोगटीले  बसर युवा क्लबका अध्यक्ष गणेश देउवालाई फुटबल खेल सामग्री हस्तान्तरण गर्नुभएको हो।
उक्त कार्यक्रम बसर युवा क्लबको समन्वय तथा नेतृत्वमा सञ्चालन हुने जनाइएको छ। कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाका बालबालिकाले नियमित रूपमा फुटबल खेल्ने अवसर पाउनेछन्।
ग्रासरुट फुटबल कार्यक्रममार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिकामा खेलकुदप्रति रुचि बढाउने, प्रतिभा पहिचान गर्ने तथा उनीहरूको शारीरिक र मानसिक विकासमा टेवा पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष गणेश देउवाले प्राप्त सामग्रीले स्थानीय बालबालिकालाई खेलकुद गतिविधिमा सहभागी गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।