कैलाली । चलचित्र पत्रकार सङ्घ कैलाली शाखाको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले विवेक नागरिलाई अध्यक्षमा निर्वाचित गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमा चन्द, सचिवमा लोकुसिंह ठकुरी, सह–सचिवमा यज्ञराज अवस्थी र कोषाध्यक्षमा यमुना साउद चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा रक्षा बागचन, कमल साउद, वीरेन्द्र सिंह, राज चौधरी र महेन्द्र बहादुर चौधरी निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले चलचित्र पत्रकारिताको विकास, पत्रकारहरूको पेशागत हकहित संरक्षण तथा संगठनलाई सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।