धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा ट्रकको ठक्करबाट गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ।
ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएकोमा सेतानु चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने कलसु चौधरीको उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनामा गोरुगाडामा बाँधिएको एक गोरुको पनि मृत्यु भएको छ भने अर्को गोरु घाइते भएको छ।
घटनापछि ट्रक र चालक धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ३३ वर्षीय रुबिन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।