शनिबार, बैशाख ५, २०८३

बैतडी ट्रक दुर्घटनामा ३ आमा-छोरा घाइते, परिचय खुल्यो

बैतडी । बैतडीमा भएको ट्रक दुर्घटनाका घाइतेको परिचय खुलेको छ ।

जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका-८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै गरेको सु प्र प ०१ ००१ ख २८०९ नम्बरको ट्रक आज बिहान करिब २ बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा चार जना घाइते भएका छन् ।

घाइते हुनेमा बैतडीको पाटन नगरपालिका-८ का २५ वर्षीया निर्मला बिष्ट र उनका दुई छोरा वर्ष ७ का अभिषेक र ४ वर्षका प्रीन्स बिष्ट तथा ट्रक चालक पाटन-८ कै ३६ वर्षीय कृष्ण बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

घाइते चारै जनालाई उपचारको लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भइ दुर्घटना भएको बुझिएको छ । ट्रक करिब २५ मिटर तल खसेको छ ।