धनगढी । भारतमा चाँदी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नयाँ दिल्लीमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा कैलाली र अछामका एक–एक जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले चाँदी चोरीमा संलग्न रहेको आरोपमा कैलालीका एक र अछामका एक जना पक्राउ परेको पुष्टि गरे ।
उनका अनुसार चोरी गरिएको चाँदी भने भारतमै लुकाइएको अवस्थामा फेला परेको छ । भारतीय प्रहरीले उक्त चाँदी दिल्लीमै बरामद गरेको जनाएको छ । तर, चोरी भएको चाँदीको परिमाण भने अझै खुल्न सकेको छैन ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।