शनिबार, बैशाख ५, २०८३

खप्तड विकास समितिको अध्यक्षमा जमुना चन्द नियुक्त

धनगढी – खप्तड विकास समितिको अध्यक्षमा जमुना कुमारी चन्द नियुक्त भएकी छन् । मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जयपृथ्वी सिंह नगरपालिका–१० की चन्दलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी स्थानीय निर्वाचनमा नेकपा एमालेबाट जयपृथ्वी सिंह नगरपालिकाको उपप्रमुखमा पराजित भएकी थिइन ।

त्यस्तै सदस्यमा बाजुराका मीनबहादुर शाही, डोटीकी मयादेवी कुँवर र बझाङका गोकुलदेवी सिंह नियुक्त भएका छन् ।