शुक्रबार, बैशाख ४, २०८३

कैलालीबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

धनगढी – कैलालीबाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट दार्चुलाको नौगाड गाउँपालिका–५ बस्ने १८ वर्षीय बसन्त सिंह ठगुन्ना, नौगाड गाउँपालिका–३ बस्ने २३ वर्षीय हरि सिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ बस्ने २५ वर्षीय नरेन्द्र सिंह ठगुन्ना पक्राउ परेका हुन । उनीहरुको साथबाट ब्राउन सुगर ४ ग्राम १६० मिलिग्राम बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै धनगढी उपमहागरपालिका–२ बैयाबेहडी मार्गबाट ब्राउनसुगर २३० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–८ बस्ने २५ वर्षीय रघुबिर धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

धामीलाइ लागुऔषध नियन्त्रण व्यूरो कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।