शनिबार, बैशाख ५, २०८३

फोटोफिचर : शीतल निवासको पृथक शपथ समारोह

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त भएसँगै पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन्। शुक्रबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनालई शपथ खुवाएका हुन्।

शीतल निवासको यसपटकको शपथ समारोह भने फरक देखियो। शाहलाई राष्ट्रपतिले पूर्वनिर्धारित समय १२ : ३४ मा पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। यो शाह पक्षकै आग्रहमा तय गरिएको समय थियो।त्यस्तै शपथ समारोहमा ७ वटा शंखनाद भएको छ। १०८ जना बटुकले स्वस्ति शान्ति वाचन गरे भने १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइएको थियो।