शुक्रबार, बैशाख ४, २०८३

कैलालीबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

धनगढी – कैलालीबाट खैरो हेरोइन सहित तीन जना पक्राउ परेका छन । मंगलबार टीकापुर नगरपालिका–९ बालुवाटारबाट २ ग्राम १२० मिलिग्राम लागूऔषध सहित टीकापुर–१ ब्लक नम्बर ९ का २० वर्षीय मुकेश बोहरा र सोही ठाउँ ब्लक नम्बर १३ बस्ने २५ वर्षीय महेश रावल पक्राउ परेका छन ।

यसैगरी, लम्कीचुहा नगरपालिका–१ भुरुवाबाट १२० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका १९ वर्षीय राजेश सोप बराललाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट समेत खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको थियो।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।