धनगढीमा प्रहरी निरीक्षक सुरज रोकायाको सक्रियता: गुण्डागिर्दी नियन्त्रणमा प्रभावकारी भूमिका
कैलाली जिल्ला प्रहरी कार्यालय अन्तर्गत कार्यरत प्रहरी निरीक्षक सुरज रोकाया धनगढीमा खटिएसँगै अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा सक्रिय देखिएका छन्। जिल्लामा आएपछि उनले विभिन्न किसिमका आपराधिक गतिविधि नजिकबाट नियाल्दै कारबाही प्रक्रिया अगाडि बढाउने कामलाई प्राथमिकता दिएका छन्।
प्रहरी निरीक्षक रोकायाले आफ्नो मोबाइल टोलीमार्फत नियमित अनुगमन गर्दै आएका छन् भने मातहतका निकायलाई समेत आवश्यक निर्देशन दिँदै सतर्क बनाउने कार्य गरेका छन्। आफ्नो जिम्मेवारी क्षेत्रभित्र हुने गतिविधिहरूमा विशेष ध्यान दिँदै उनले गुण्डागिर्दी लगायतका अवैध क्रियाकलाप न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
स्थानीयवासीका अनुसार पछिल्लो समय रोकाया आफ्नो ड्युटीप्रति निकै सजग र जिम्मेवार देखिएका छन्। उनको सक्रियताले धनगढी क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुगेको विश्वास गरिएको छ।