शुक्रबार, बैशाख ४, २०८३

सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि ‘लास’ आन्दोलन

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि लास आन्दोलन गरिएको छ ।

बोलन्या थली नामक संस्थाको आयोजनामा दैजी–लिप्ना–जोगबुढा सडकखण्ड निर्माणमा भइरहेको ढिलाईप्रती खबरदारी गर्न मुख्यमन्त्री कार्यालय अगाडि लास आन्दोलन गरिएको जनाएको छ ।

बोलन्या थलीका संयोजक यादव जोशीले १० वर्षदेखि अलपत्र अवस्थामा रहेको सडकको निर्माण तत्काल अघि बढाउनुपर्ने माग गर्दै लास आन्दोलन गरिएको बताए । उनकाअनुसार यो सडकखण्ड निर्माणका लागि ठेक्का पाएको नार्गाजुन कन्स्ट्रक्सनले काममा ढिलाई गर्दै आएको छ ।

कञ्चनपुरको दैजीदेखी डडेल्धुराको सिमाना लिप्नासम्मको १२ किलोमिटर सडक निमार्णका लागि ८ वैशाख २०७४ मा नार्गाजुन कन्स्ट्रक्सनले २१ करोड २६ लाख ५३ हजारमा ठेक्का पाएको थियो ।

५ साउन २०७६ मा निमार्ण सम्पन्न गर्नुपर्ने समय दिइएकोमा उक्त सडकको निर्माण अहिलेसम्म पूरा भएको छैन । पाँच पटकसम्म म्याद थप्दा समेत काम नभएको हो । पछिल्लो पटक थपिएको म्याद गत असारमै सकिएको थियो ।