धनगढीमा ‘प्रोफेसनल हेयर कलर मिस्ट्री’ सम्बन्धी सेमिनार
धनगढी– न्यु लुक्स ब्युटी फर लाइफ र लब वार्थ प्रोफेसनलको संयुक्त आयोजनामा ‘प्रोफेसनल हेयर कलर मिस्ट्री’ सम्बन्धी एक दिने सेमिनार धनगढीमा आयोजना भएको छ । सौन्दर्य क्षेत्रमा नवीनतम प्रविधि र सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा एआइ डिजिटल कलर प्रविधिबारे विस्तृत जानकारी प्रदान गरिएको हो ।
कार्यक्रममा कोरियाबाट विश्वस्तरमा ख्याति प्राप्त सेलिब्रिटी हेयर कलर तथा स्टायलिङ्ग विशेषज्ञ मिस्टर डाउनी र थ्योरी तथा प्रोडक्ट एक्सपर्ट मिस्टर इशानी जेन मुख्य प्रशिक्षकका रूपमा सहभागी भएका थिए । उनीहरूले सहभागीहरूलाई आधुनिक हेयर कलरिङ्ग प्रविधि, रंगको सही छनोट, ग्राहकको अनुहार तथा छालासँग मेल खाने कलर संयोजन तथा बजारमा उपलब्ध नयाँ उत्पादनहरूको प्रयोगबारे व्यावहारिक प्रशिक्षण दिएका थिए ।
तालिममा विशेषगरी एआइ डिजिटल कलर प्रणालीको प्रयोगबारे प्रस्तुति दिइएको थियो, जसले ग्राहकको कपालको अवस्था, छालाको टोन र चाहनाअनुसार उपयुक्त रंग छान्न सहयोग गर्ने बताइएको छ । प्रशिक्षकहरूले यस प्रविधिले समय बचत गर्नुका साथै परिणामलाई अझ सटीक र आकर्षक बनाउने बताए ।
कार्यक्रममा दुई सय भन्दा बढी सैलुन तथा ब्युटी प्रोफेसनलहरूको सहभागिता रहेको थियो । सेमिनारमा छलफलसंगै हेयर एण्ड स्किन लेवल २ को थेवरी पुस्तक विमोचन, मोडल हेयर सो लगायतका गतिविधि पनि गरिएको थियो ।
साथै लक्की ड्रमार्फत तीन जनालाई सम्मान गरिएको थियो ।