आइतवार, बैशाख ६, २०८३

यार्चागुम्बा ओसारपसार मुद्दामा फरार बझाङका एक जना पक्राउ

बझाङः यार्चागुम्बा ओसारपसार मुद्दामा फरार बझाङका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत बझाङको मिति २०८१ कात्तिक १३ गतेको फैसलाले बिना इजाजत यार्चागुम्बा ओसारपसार मुद्दामा २९ हजार १०९ जरिवाना तोकिएपछि फरार रहेका बझाङको सुर्मा गाउँपालिका-१ बस्ने ५० वर्षीय लोकबहादुर बोहरा पक्राउ परेका हुन्। बोहरालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बुधबार उनको घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।