BLE २०८२ मा मयूर बोर्डिङ हाई स्कुलको शतप्रतिशत नतिजा, नयाँ कीर्तिमान कायम
धनगढी। धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको आधारभूत तह (कक्षा ८) को नगरस्तरीय परीक्षा (BLE) २०८२ मा मयूर बोर्डिङ हाई स्कुलले शतप्रतिशत नतिजा हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ।
विद्यालयका अनुसार यस वर्षको परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदै १०० प्रतिशत नतिजा कायम भएको हो। उत्कृष्ट प्रदर्शन गर्दै विद्यार्थी आदित्य कुँवरले ३.९८ GPA ल्याएर उच्चतम उपलब्धि हासिल गरेका छन्।
नतिजा विवरणअनुसार १२ जना विद्यार्थीले A+ (३.६–४.०), ७ जनाले A (३.२–३.५९) र ३ जनाले B+ (२.८–३.१९) ग्रेड प्राप्त गरेका छन्।
विद्यालयले यो सफलता शिक्षकको समर्पण, विद्यार्थीहरूको मेहनत र अभिभावकको निरन्तर साथ–सहयोगको परिणाम भएको जनाएको छ। शैक्षिक गुणस्तर र अनुशासनलाई प्राथमिकतामा राख्दै आएको विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
यसै अवसरमा विद्यालय प्रशासनले सफल सबै विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।