आइतवार, बैशाख १३, २०८३

होटल व्यवसायी सघ कैलालीको अध्यक्ष मा केशब पाण्डेय र महासचिवमा प्रकास जोसि निर्वाचित

धनगढी — होटल व्यवसायीहरूको साझा संस्था होटल व्यवसाय सङ्घ कैलालीको ३४औँ वार्षिक साधारण सभा तथा ९औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सङ्घको अध्यक्ष पदमा केशव दत्त पाण्डेय पुनः निर्विरोध निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अबेश कुमार चन्द, उपाध्यक्षमा भिम बहादुर शाही, महासचिवमा प्रजापति जोशी (प्रकाश), सचिवमा राकेश भट्ट, कोषाध्यक्षमा भगत बहादुर थापा र सह–कोषाध्यक्षमा बसन्ता भण्डारी निर्विरोध चयन हुनुभएको छ।
सदस्यहरूमा केश बहादुर बोहरा, केशव चन्द, शोमराज सापकोटा, राधिका लम्साल, शुरेन्द्र थापा, कुलदीपध्वज थापा, इन्द्र सिंह चौधरी, धर्मेन्द्र बहादुर चन्द, वसन्ती चौधरी, प्रज्वल भट्ट, तेज बहादुर कलेल र भुपाल खतिवडा निर्विरोध निर्वाचित भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि टि.आर. भण्डारीले होटल व्यवसायलाई व्यवस्थित र गुणस्तरीय बनाउन सहकार्य आवश्यक रहेको बताए। विशिष्ट अतिथि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ले पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
त्यसैगरी सुदूरपश्चिम प्रदेश पर्यटन मन्त्रालयका सचिव दीर्घनारायण कोइराला ले पर्यटन क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताए। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले व्यवसाय सञ्चालनमा पारदर्शिता र कानुनी पालना आवश्यक रहेको बताए।
यसैबीच, कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रम पनि भव्य रूपमा सम्पन्न भएको छ। उल्लेख्य सहभागितासहित सम्पन्न उक्त कार्यक्रमको नेतृत्व महासचिव प्रजापति जोशी (प्रकाश) ले गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष पाण्डेयसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशन सम्पन्न गरिएको आयोजकले जनाएको छ