बिहिबार, बैशाख ३१, २०८३

सुदूरपश्चिम मोबाइल व्यवसायी संघ कैलालीको नयाँ कार्यसमिति गठन

धनगढी– सुदूरपश्चिम मोबाइल व्यवसायी संघ कैलालीको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको तेस्रो साधारण सभाबाट संघको नयाँ कार्यसमिति चयन गरिएको हो । संघको अध्यक्षमा सन्तोष मण्डल धानुक चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिअन्तर्गत वरिष्ठ उपाध्यक्षमा उमेश भट्ट र उपाध्यक्षमा सरताज आलम चयन भएका छन् । त्यसैगरी महासचिवमा निरज भट्ट, सचिवमा भानदेव जोशी तथा कोषाध्यक्षमा दीपक अग्रवाल चयन भएका छन् ।

यस्तै, सह–सचिवमा गोविन्द मुखिया र सह–कोषाध्यक्षमा सुनील बम चयन भएका छन् । सदस्यहरूमा दिनेश जैशी, लोकेरा सुतारी, दीपेन्द्र चौधरी, मनीष पाठक, पानसिंह धामी, शैलेन्द्र ग्वाल र ओमप्रकाश कुँवर रहेका छन् । संघका सल्लाहकारमा बिरेन्द्र थलाल र दीपक बहादुर देउवा चयन गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिले संघलाई थप सक्रिय, सुदृढ र प्रभावकारी बनाउँदै मोबाइल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता मजबुत बनाउने तथा बदलिँदो प्रविधिसँग व्यवसायलाई अनुकूल बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाएको छ । साथै, व्यवसायीहरूबीच समन्वय, सहकार्य र संस्थागत विकासलाई प्राथमिकतामा राखी आगामी कार्यकाललाई उपलब्धिमूलक बनाउने विश्वास व्यक्त गरिएको छ ।

संघको साधारण सभामा प्रमुख अतिथि भरत भट्टराई रहेका थिए भने विशेष अतिथिमा पुष्कर राज ओजा तथा विभिन्न वस्तुगत सङ्घका अध्यक्षज्यूहरूको समेत उपस्थिति रहेको थियो ।

साधारण सभामा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा संघको गतिविधि, आगामी योजना तथा व्यवसायीहरूका समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले संघलाई अझ प्रभावकारी, सशक्त र व्यवसायीमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।