बुधबार, बैशाख ३०, २०८३

धनगढीमा फिटनेस प्लानेटको भव्य विस्तार : “Let’s Stay Fit Together” नारासहित पुष्पलाल चोकमा दोस्रो शाखा सञ्चालन

धनगढीमा फिटनेस प्लानेटको भव्य विस्तार :
“Let’s Stay Fit Together” नारासहित पुष्पलाल चोकमा दोस्रो शाखा सञ्चालन
धनगढी । “Let’s Stay Fit Together” भन्ने आकर्षक नारासहित Fitness Planet ले धनगढीको पुष्पलाल चोकमा आफ्नो दोस्रो शाखा भव्य रूपमा उद्घाटन गर्दै सेवा सुचारु गरेको छ। स्वास्थ्यप्रति नागरिकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै आधुनिक उपकरण, अनुभवी प्रशिक्षक तथा उत्कृष्ट फिटनेस वातावरणसहित नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।
यसअघि कैलालीको अत्तरियाबाट सेवा दिँदै आएको फिटनेस प्लानेटले छोटो समयमै हजारौं युवायुवती तथा स्वास्थ्यप्रेमीको मन जित्न सफल भएको छ। हालसम्म संस्थामा ४ हजारभन्दा बढी सदस्य आबद्ध रहेको बताइएको छ, जसले यसको लोकप्रियता झन् स्पष्ट पारेको छ।
नयाँ शाखाको उद्घाटन संस्थाका सञ्चालक अजय रिजालकी आमा सपना देवी रिजालले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै गर्नुभएको थियो। उद्घाटन समारोहमा स्थानीय युवा, व्यवसायी, खेलकुदकर्मी तथा फिटनेसप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम उत्साहपूर्ण र भव्य बनेको आयोजकले जनाएको छ।
फिटनेससँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै कार्यक्रममा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो। Nepal Red Cross Society धनगढी शाखाका अनुसार उक्त कार्यक्रममा २० पिन्ट रगत संकलन भएको थियो। आयोजकले स्वास्थ्य सचेतनासँगै मानवीय सेवामा पनि योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताएका छन्।
कार्यक्रममा बोल्दै सञ्चालक अजय रिजालले फिटनेस प्लानेट केवल जिम सेन्टर नभई स्वस्थ जीवनशैली निर्माण गर्ने अभियान भएको उल्लेख गर्नुभयो। उहाँले युवापुस्तालाई लागूऔषध तथा नकारात्मक गतिविधिबाट टाढा राख्न फिटनेस संस्कृतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
“हामीले ‘Let’s Stay Fit Together’ भन्ने नारालाई व्यवहारमै उतार्ने प्रयास गरेका छौं। फिटनेस केवल शरीर बनाउने कुरा होइन, यो स्वस्थ समाज निर्माण गर्ने अभियान पनि हो। धनगढीमा अत्याधुनिक सेवा विस्तार गर्न पाउँदा निकै खुशी छौं,” — सञ्चालक अजय रिजाल ।