बुधबार, बैशाख ३०, २०८३

सनराइज टेलिभिजनको लुडो प्रतियोगितामा प्रेसपत्र अनलाइन बन्यो लुडो किङ्

धनगढी , २० वैशाख / विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सनराइज टेलिभिजनको आयोजनामा धनगढीमा सञ्चारकर्मीहरूबीच लुडो प्रतियोगिता सम्पन्न गरिएको छ। मनोरञ्जनसँगै मित्रता र सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सनराइज टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम थापाले जानकारी दिए।

सञ्चारकर्मीहरूबीच आपसी भेटघाट, चिनजान र सम्बन्ध सुदृढ बनाउन प्रतियोगिता उपयोगी भएको आयोजकको भनाइ छ। प्रतियोगिता  ब्रेड बक्स, दिपेस इन्फोसिस, होटेल कृस्टल , रकस्टार मिडिया, निहारीका मोबाइल सप , निसर्ग अस्पताल, होटेल जियान , स्वस्तिक डाइगोनिष्टिक, बिवाईडी, सारथी अस्पताल प्रा.लि., एस.के. कन्ट्रक्सन डडेल्धुरा, न्यु अलि अटो वर्कसप, जगदम्बा निर्माण सेवाको प्रायोजनमा सम्पन्न भएको हो।

प्रतियोगितामा ९ टिमको सहभागिता रहेको संयोजक जितेन्द्र रावलले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा रहेका थिए भने निर्णायकको भूमिका दिप श्रेष्ठले निर्वाह गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रेस पत्रले प्रथम स्थान हासिल गरी नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी न्युज सेभेन टिभी द्वितीय हुँदै नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र हात पारेको छ भने बाबा टेलिभिजन तृतीय स्थानमा रहँदै नगद २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ।

कार्यक्रमले सञ्चारकर्मीहरूबीच प्रतिस्पर्धासँगै सहकार्य र आत्मीयता अभिवृद्धि गर्न टेवा पुगेको सहभागीहरूले बताएका छन्।