बिहिबार, बैशाख ३१, २०८३

निर्माण व्यवसायी संघ कैलाली निर्वाचनमा ई. किरण रावल द्वारा महासचिव पदमा उम्मेदवारी दर्ता

धनगढी– निर्माण व्यवसायी संघको निर्धारित कार्यतालिका अनुसार यही वैशाख २४ र २५ गते हुने चुनावी साधारण सभालाई लक्षित गर्दै रावलले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लामो समयदेखि निर्माण क्षेत्रसँग आबद्ध रावलले व्यवसायीहरूको हकहित, पारदर्शिता र संघको संस्थागत सुदृढीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन् ।

उम्मेदवारी घोषणा गर्दै रावलले भने, ‘निर्माण व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न, नीतिगत सुधार ल्याउन र संघलाई अझ सक्रिय तथा प्रभावकारी बनाउन मेरो उम्मेदवारी हो ।’ उनले व्यवसायीहरूबीच सहकार्य, एकता र व्यावसायिक मर्यादा कायम गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

संघको निर्वाचनलाई लिएर अहिले कैलालीका निर्माण व्यवसायीहरूबीच चुनावी माहोल तातेको छ । विभिन्न पदका लागि आकांक्षीहरू सक्रिय भइरहेका बेला महासचिव पदमा रावलको उम्मेदवारीले प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

निर्वाचनबाट नयाँ नेतृत्व चयन भएपछि संघले आगामी कार्यदिशा तय गर्नेछ, जसप्रति सम्पूर्ण व्यवसायीहरूको चासो बढेको छ ।