मङ्लबार, असार १६, २०८३

नक्कली प्रहरी बनेर हत्कडी लगाई लुटपाट गर्ने पक्राउ

१६ असार, काठमाडौं । प्रहरी भन्दै हत्कडी लगाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, काठमाडौं टोखाका ३८ वर्षीय सविन खवास, पर्साकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ४६ वर्षीय शेरबहादुर मोक्तान छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।  शेरबहादुरको वनस्थीस्थित कोठामा उनका साथी जग्गा खरिद गर्न भन्दै पुगेका थिए ।

सोही समयमा करिब ५/६ जनाको समूह आई प्रहरी भन्दै उनको साथमा रहेको १० लाख ९५ हजार नगद र मोबाइल र बैंकका चेकहरू लुटपाट गरी लगेको प्रहरीले बताएको छ ।