सोमवार, साउन ११, २०८३

१ रुपैयाँको नयाँ सिक्काबाट चुच्चे नक्सा हटाइयो, लो घ्याकर गुम्बाको चित्र राखिने

सरकारले १ र २ रुपैयाँका नयाँ सिक्का टकमरी गर्न स्वीकृति दिएको छ। नयाँ डिजाइनअनुसार १ रुपैयाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाएर मुस्ताङस्थित ऐतिहासिक लो घ्याकर गुम्बाको चित्र राखिनेछ। गुम्बाको संरक्षणमा विगतमा अमेरिकी सहयोग रहेको विषय सार्वजनिक भएपछि निर्णयबारे सामाजिक तथा नीतिगत बहस सुरु भएको छ। सरकारले भने नक्सा हटाउनु र गुम्बा छनोट गर्नुको विस्तृत कारण औपचारिक रूपमा सार्वजनिक गरेको छैन।