सोमवार, साउन ११, २०८३

खल्तीमै मोबाइल विस्फोट, युवकको गुप्ताङ्ग जल्यो

भारतको मध्यप्रदेशको पांढुर्णा जिल्लामा मोटरसाइकल चलाइरहेका बेला पाइन्टको खल्तीमा रहेको मोबाइल फोन अचानक विस्फोट हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
विस्फोटपछि पाइन्टमा आगो लाग्दा गुप्ताङ्गसहित शरीरका विभिन्न भाग जलेका छन्। आगो लागेपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको खुट्टाको हड्डी पनि भाँचिएको छ।
स्थानीयले तत्काल उद्धार गरी अस्पताल पुर्‍याएका उनलाई उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार मोबाइलको ब्याट्रीमा समस्या वा अन्य प्राविधिक खराबीका कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ। वास्तविक कारण पत्ता लगाउन मोबाइलको प्राविधिक परीक्षण भइरहेको अधिकारीहरूले बताएका छन्।