सोमवार, साउन ११, २०८३

धारिलो हतियार प्रहार गरी महिलाको निर्मम हत्या

तेह्रथुमः तेह्रथुमको आठराई गाउँपालिका( ६ चुहानडाँडा सिमखर्कमा एक महिलाको हत्या भएको छ । तेह्रथुमको आठराई गाउँपालिका, ६ चुहानडाँडा सिमखर्कमा बस्दै गरेकी ५१ बर्षिया रुपा लिम्बुकाे   बिहान १०ः४० मा सव फेला  परेको छ। खेमबहादुर खत्रीका अनुसार धारिलो हतियार प्रहारबाट रूपाको घटनास्थलमै मृत्यु भएको हो ।  हत्यामा संलग्न आरोपित ३८ वर्षीय कृष्णबहादुर लिम्बू भने फरार रहेका छन् । उनको खोजीका लागि घटनास्थल र वरपरको क्षेत्रमा इलाका प्रहरी कार्यालय आठराई र चुहानडाँडा प्रहरीचौकीबाट प्रहरी परिचालन गरीएको खत्रीले बताए ।