झापा । झापाको दमकमा श्रीमानले श्रीमतीको ह#त्या गरी आ#त्महत्या गरेका छन्। बुधबार दमक– १ स्थित श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जीले ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको ह#त्या गरेर आफैँ आ#त्महत्या गरेका हुन्।
सामान्य विवादका क्रममा धनबहादुरले श्रीमतीलाई खुकुरी प्रहार गरी ह#त्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। धनबहादुरले श्रीमतीको टाउको र बायाँ हातमा खु#कुरी प्रहार गरेका थिए।
श्रीमतीको ह#त्या गरेर धनबहादुरले घरको अर्को कोठाको सिलिङ पंखामा सलको पासो लगाई आ#त्महत्या गरेको प्रहरीले जनाएको छ।