शुक्रबार, साउन १५, २०८३

अन्तिम समयमा आयो यस्तो सूचना ! मधेशका १२ परीक्षा केन्द्रमा परीक्षा स्थगित”

मधेश प्रदेशका केही जिल्लामा उत्पन्न परिस्थितिपछि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित परीक्षा स्थगित गरेको छ । प्रदेशका ११ वटा केन्द्रमा आज तोकिएको व्यवस्थापन संकायअन्तर्गत मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) परीक्षा स्थगित गरिएको हो ।

त्रिविका अनुसार रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, सर्लाही क्याम्पस, जनज्योती बहुमुखी क्याम्पस, सूर्यनारायण सत्यनारायण, मोरवैता यादव क्याम्पस, जेएस मुरारका बहुमुखी क्याम्पस केन्द्रका परीक्षा स्थगित गरिएको छ ।

यस्तै, महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस, नेशनल पिपुल कलेज, जनज्योती बहुमुखी क्याम्पस, गौरीशंकर यादव रौतहट क्याम्पस, सिमरा कलेज र ठाकुरराम बहुमुखी क्याम्पस केन्द्रका परीक्षा पनि स्थगित गरिएको हो । यीबाहेकका अन्य केन्द्रमा भने पूर्वनिर्धारित तालिकाबमोजिम नै परीक्षा सञ्चालन हुने त्रिविले जनाएको छ ।