शुक्रबार, अशोज २३, २०८३

टीकापुरबाट २ जना युवक लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीको टीकापुरबाट २ जना युवक लागूऔषधसहित पक्राउ परेका छन्।

कैलालीको टीकापुर नगरपालिका–१ बनगाउबाट अवैध लागूऔषध खैरो हिरोइन १ ग्राम ६४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय बिबश चौधरी र धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ बस्ने ३० वर्षीय निशान्त घर्ती मगर पक्राउ परेका हुन्।

यी दुबै जनालाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।