आइतवार, जेष्ठ २४, २०८३

धनगढी ७ भानु चोकबाट १२ जना जुवाडे पक्राउ

धनगढी- दशैँ नजिकिएसँगै जुवातास खेल्नेको सङ्ख्या बढ्दै गएको छ। शनिवार कैलालीबाट मात्र २१ जना जुवाखालबाट पक्राउ परेका छन्।

पक्राउ परेका २१ जनामा १२ जना एकै गाउँका अर्थात धनगढी उप महानगरपालिका वडा न.७ भानुु चोकका रहेका छन्। भानु चोक स्थित बिष्णु चौधरीको दुई तले घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका हुन। उनीहरुको साथबाट नगद ३३ हजार ७५० रुपैँया र एक गड्डी तास बरामद गरिएको हो ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–७ का रामसिंह चौधरी, सुन्दर चौधरी, उमेश चौधरी, प्रकाश चौधरी, बश्सराम चौधरी र पुरन चौधरी रहेका छन्। यस्तै धनगढी–७ कै अमर चौधरी, बिनोश चौधरी, आशाराम चौधरी, लक्ष्मण चौधरी,सिवन चौधरी र लालबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।