मङ्लबार, बैशाख १५, २०८३

स्वादिष्ट खान खुवाईरहेको धनगढीको ह्वाईटहाउस

धनगढी –
धनगढीको वडा नं. ४ को नवजिवन अस्पताल छेउमै रहेको छ ह्वाईटहाउस रेष्टुरेन्ट । पछिल्लो समय रेष्टुरेन्टले धनगढीमा सस्तो र स्वस्थकर खाना खुवाईरहेको छ ।
ह्वाईटहाउसको ढोका खोलेर भित्र पस्ना साथ आफ्नै घरको भान्समा छिरेको अनुभुति हन्छ । रेष्टुरेन्टमा शान्त वातारण रहनुका साथै स्वादिलो खानाले ग्राहकहरुको मन जितेको छ ।

रेष्टुरेन्टमा थपी थपी खाएको एक सय तिस रुपैया पर्छ भने खेरा फालेको दुई सय तिस तिर्नुपर्ने नियम लगाइएको छ । रेष्टुरेन्ट भित्र एउटा पम्प्लेटमा कृपया खाना खेर नफलौ भनी अनुरोध समेत गरिएको छ ।
धनगढीको धेरै पसल होटलमा खाना खान गई सके ह्वाईटहाउस जस्तो राम्रो अरु ठाउँ लागेन नियमित ग्रहक भुवन अवस्थीले बताए । उनले यहाँको खाना एकदमै राम्रो रहेको प्रतिक्रिया दिए ।

विगत एक वर्ष वाट त्यहाँ खाना खाई रहेका फनीराम चौधरी भन्छन सधै ह्वाईटहाउस मा नै खाना खाने गरेको र हजुरहरु पनि ह्वाईटहाउस रेष्टुरेन्टमा आएर खाना खाईदिनहुने उनले अनुरोध गरे ।

हाम्रो विशेष्ता भनेको स्पेशल खाना हो, हामीले साझ विहान खाना खुवाउदै आएको छौ भन्दै सञ्चालिका सुनिता चौधरीले भनिन् धनगढीमा रहेको र धनगढी आउदै हुनुहुन्छ भने वाईटहाउसमा आएर एक पटक सेवा गर्ने मौका दिनहुन उनले अनुरोध गरिन्धनगढीमा पछिल्लो समय सफा, स्वादिष्ट, स्वस्थ्यकर खाना खुवाउदै आएको ह्वाईटहाउस
रेष्टुरेन्ट सवैको रोजाईमा पर्ने गरेको छ । ह्वाईटहाउसमा एक पटक खाना खान जाने ग्राहक पटक पटक जाने गरेको र रेष्टुुरेन्ट सवैको पाएक पर्ने स्थान नवजिवन अस्पताल छेउमै रहेको हुदा पनि ग्राहकको रोजाई बन्न गरेको छ ।