मङ्लबार, बैशाख १५, २०८३

एसपीए क्याम्पसमा सुदूरपश्चिमाञ्चल साँस्कृतिक समाज गठन

साकार बोगटी
धनगढी –

सुदूरपश्चिमाञ्चल क्याम्पस एसपीएमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो भाषा कला संस्कृतिलाई प्रवर्धन गर्न समाज गठन गरेका छन् । नवप्रतिभावान विद्यार्थीहरू भित्र लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्ने र उनीहरू भित्र रहेको कलालाई उजागर गर्ने उद्धेश्यले सुदूरपश्चिमाञ्चल साँस्कृतिक समाज गठन गरेका हुन ।

सुदूरपश्चिमाञ्चल सांस्कृतिक समाज एसपीए मा अध्ययनरत विद्यार्थीहरूले शुक्रवार २८ जना विद्यार्थी सदस्य रहने गरी ७ जना पदाधिकारीहरूका चयन गरेको सुदूरपश्चिमाञ्चल सांस्कृतिक समाजका अध्यक्ष जनक नेपालीले बताए ।
उनले भने हाम्रो क्लब एउटा संस्था मात्र होइन एउटा परिवार हो सृजनशीलता नेतृत्व र सकारात्मक परिवर्तनको यात्रामा हाम्रो साँझा प्रयासहरूको प्रतिबिम्ब हो। कला र संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने छौं लोक साहित्य तथा कला प्रवर्धन, कवि गोष्ठी, लोकगीत प्रतियोगिता देउडा गीत प्रतियोगिता कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए । सामाजिक सेवा कार्यक्रम गर्ने र वृद्धाश्रम तथा बाल आश्रममा सांस्कृतिक कार्यक्रम आयोजना गरी सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्य समाजको रहेको छ । क्याम्पस प्रमुख शिक्षकहरू विद्यार्थीहरूबाट यो संस्था गठन गर्दा सबैबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए ।

क्याम्पस प्रमुख योगराज उपाध्यायले विद्यार्थीका भित्री लुकेका कला बाहिर देखाउन संस्था स्थापना गरेको मा खुसी व्यक्त गरे । उनले भने संस्कृतिलाई जगेर्ना गर्ने, प्रवर्धन गर्ने, विद्यार्थीभित्र लुकेका प्रतिभाहरू देखाउन समाजको महत्वपुर्ण भुमिका रहोस् भन्ने शुभकामना दिए ।